वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकाे स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकाे छ ।
राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि रुघा खोकी र ज्वरो आएपछि स्वास्थ्य परीक्षणकाे लागि शनिबार अस्पताल ल्याइएकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिले स्वास्थ्य परीक्षणकाे काम भइरहेकाे छ ।
उनले भने, ‘ अहिले आवश्यक चेकजाँच भइरहेको छ । रिपोर्ट आएपछि मात्र भएको हो भनेर भन्न सकिएला । भर्ना नै हुनुभएको हैन । स्वास्थ्य परीक्षणकाे लागि मात्र अस्पताल आउनु भएको हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij