Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

  • 288
    SHARES
  • कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

    कालीकोट । लगातारको अविरल वर्षाका कारण अवरूद्ध भएको कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ ।

    कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको हो ।

    कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

    कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij