वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा.स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान् व्यक्तित्वहरूलाई चुनावमा टिकट निदएर देश विकास हुन नसक्ने बताए ।
उनले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर देशभित्र गरिब, निमुखामात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याए । उनले नेपालमा सबैले आफैंले आफैंलाई ठग्ने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैंले आफैंलाई ठग्ने अवस्थामा पुग्यौँ । सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । मैले तीन पटक चुनाव जितेर अहिले चाहिँ प्रतिस्पर्धाबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने, आफूतिर नहेर्ने, उपदेश दिने, ठूला कुरा गर्ने, अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने देश कहिल्यै पनि बन्दैन । नेपालको सबै कुरा बुझ्ने विद्वान् स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्लेजस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रिक भन्ने पार्टीले चुनावमा टिकट पनि दिएन । अनि देश बन्छ ?’
पूर्णपाठ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij