वेबटिभी खबर
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा बिहीबार पोखरा पुगेका हुन् ।
पोखरालगायत गण्डकी प्रदेशका विभिन्न शहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ ।
प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij