Logo

२०७९, चैत्र ७ गते मंगलवार

२०७९, चैत्र ७ गते मंगलवार

images

पूर्वप्रधानमन्त्रीहरूले संसद्मा जाने इच्छालाई बिट मार्दै युवालाई नेतृत्व हस्तान्तण गर्नुपर्छ : डा.भट्टराई [भिडियाेसहित]

पूर्वप्रधानमन्त्रीहरूले संसद्मा जाने इच्छालाई बिट मार्दै युवालाई नेतृत्व हस्तान्तण गर्नुपर्छ : डा.भट्टराई [भिडियाेसहित]

  • 584
    SHARES
  • पूर्वप्रधानमन्त्रीहरूले संसद्मा जाने इच्छालाई बिट मार्दै युवालाई नेतृत्व हस्तान्तण गर्नुपर्छ :  डा.भट्टराई [भिडियाेसहित]

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसद्मा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार काठमाडौं–७ मा लोकतान्त्रिक–वाम गठबन्धनका घटकहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले साे कुरा बताएका हुन् । उनले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद् बाहिर बसेको पनि बताए ।

    images

    डा.भट्टराईले बहुदलीय ब्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान् हुने बताए । शान्ति प्रक्रियामा आएपछि पहिलोपटक संघीय संसद्काे निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले काठमाडौं–७ बाट निर्वाचन लडिरहेका गठबन्धनका उम्मेदवारलाई भोट माग्दै पूर्वप्रधानमन्त्रीहरूले पनि संसद्मा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तण गर्नुपर्ने धारणा राखे ।

    ‘पदमा बसेर मात्रै मान्छे महान् हुँदैन भन्ने गणेशमानजीको त्यागले देखाइसकेको छ । अब हाम्रो पुस्ता लोभलालचले बस्नु हुँदैन,’ डा.भट्टराईले भने, ‘हामी ४/५ जना पूर्वप्रधानमन्त्री भइसकेको मान्छे संसद्मा लर्को लागेर जानहुन्न । स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’

    डा.भट्टराईले सत्ता गठबन्धनका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जानकारी दिएर आफूले संसदीय निर्वाचन नलड्ने निर्णय लिएकोसमेत बताए ।

    ‘मैले शेरबहादुरजी, प्रचण्डजी, माधवकुमार नेपालजीसँग छलफल गरेर नै यो यो (संसद्भन्दा बाहिर बस्ने) निर्णय गरेको हुँ,’डा.भट्टराईले भने । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डको पनि उपस्थिति थियो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology