वेबटिभी खबर
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१५ दहरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३ असारीका २२ बर्षिय विकास राई रहेका छन् ।
दुर्घटनामा परी गम्भिर घाइते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
प्रदेश २-०१-००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij