वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारूढ गठबन्धनबारे भ्रम फैलाइएको बताएका छन् । बाग्मती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै डा.भट्टराईले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने बताएका हुन् ।
सत्ता स्वार्थका लागि गठबन्धन नबनेको उनकाे दाबी छ । सत्ताका लागि दलहरू गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको भनि भ्रम फैलाउने काम भएको बताउँदै डा.भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन् ।
बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij