Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युक्रेन युद्ध : पुटिनले गरे अनाज निर्यात सम्झौता स्थगित

युक्रेन युद्ध : पुटिनले गरे अनाज निर्यात सम्झौता स्थगित

  • 374
    SHARES
  • युक्रेन युद्ध : पुटिनले गरे अनाज निर्यात सम्झौता स्थगित

    मस्को । मस्कोले युक्रेनी अन्न निर्यात गर्ने जहाजलाई सुरक्षित मार्गको अनुमति दिने सम्झौतामा आफ्नो सहभागितालाई स्थगित गरेको तर अन्त्य गरिनसकेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

    युक्रेनले आफ्नो जहाजमाथि आक्रमण गर्न ब्ल्याक सीमा सुरक्षा कोरिडोर प्रयोग गरेको आरोप लगाउँदै मस्को शनिबार राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सम्झौताबाट बाहिरिएको थियो ।

    राष्ट्रसंघले त्यो रात कोरिडोर भित्र कुनै जहाज नरहेको बताएको छ भने  युक्रेनले आक्रमणको जिम्मा लिएको छैन ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौतालाई सम्मान गर्ने र रसियाले विश्वलाई भोकले ब्ल्याकमेल गरिरहेको आरोप लगाएका छन्, जसलाई रुसले अस्वीकार गरेकाे छ ।

    विवादकै बीच अनाज सहित ३ लाख ५४ हजार ५०० टन खाद्यान्नसहित १२ जहाजहरूले सोमबार युक्रेनको ब्ल्याक सी बन्दरगाह छाडेको युक्रेनको पूर्वाधार मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij