वेबटिभी खबर
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले यथास्थितिविरूद्ध जनताको असन्तुष्टी र आक्रोश राम्रो कुरा भएको बताएका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल मार्फत् टिप्पणी गर्दै डा.भट्टराईले उक्त टिप्पणी गरेका हुन् । पछिल्लो समय नयाँ पुस्ताप्रति जनताको आशा र अपेक्षा बढ्दै गएको छ । डा.भट्टराईले सोहीप्रति टिप्पणी गरेका हुन् ।
‘यथास्थितिविरूद्ध असन्तुष्टी र आक्रोश राम्रो कुरा हो,’ डा.भट्टराईले भने,‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ । तर नेतृत्वले असन्तुष्टीलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुनसक्छ ! कराइबाट उम्केर भूंग्रोमा नफसौं ! ’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij