वेबटिभी खबर
काठमाडौं । बाग्मती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
गत ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत पुस १४ गते बाग्मती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, दलका नेताहरूद्वारा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्ने, प्रदेश सभा नियमावली २०७४ अनुमोदन गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको चयन गर्ने लगायतका सम्भावित कार्यसूची रहेको प्रदेश सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij