Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अङ्कगणितका निम्ति गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्छ : पूर्वप्रधानमन्त्री भट्टराई

अङ्कगणितका निम्ति गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्छ : पूर्वप्रधानमन्त्री भट्टराई

  • 379
    SHARES
  • अङ्कगणितका निम्ति गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको अङ्कगणितका निम्ति गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने खतरातर्फ सचेत गराएका छन् ।

    यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसका लागि उनले राजेन्द्र लिङ्देन नेतृत्वको गणतन्त्रविरोधी, पश्चगामी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत साथ खोजेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले साेहीतर्फ संकेत गर्दै सरकारलाई सुझाएका हुन् । डा.भट्टराईले बिहीबार साँझ ट्वीटरमा लेखेका छन्,‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ ।’

    उनले २०५१ सालपछि कांग्रेस र कम्युनिस्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सिन आग्रह गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij