Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

श्रीमान् श्रीमती आफ्नौ घरमा मृतावस्थामा फेला 

श्रीमान् श्रीमती आफ्नौ घरमा मृतावस्थामा फेला 

  • 254
    SHARES
  • श्रीमान् श्रीमती आफ्नौ घरमा मृतावस्थामा फेला 

    चितवन । भरतपुर महानगरपालिका-२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं-२९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठामा बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् ।

    उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको अधिकारीले जानकारी दिए । मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij