वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गरेको अवसरमा बधाई तथा शुभकामना दिँदै प्रमुख मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरेर परिणाममुखी काम गर्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले मंगलबार साँझ सोसल मिडिया मार्फत् भने, ‘सबै प्रमुख दलहरूको समर्थनसहित प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत प्राप्त गर्नुभएकोमा प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हार्दिक बधाई तथा सफलताको शुभकामना !’
डा.भट्टराईले शान्तिप्रकृया (टीआरसी), जटील भूराजनीति, भ्रष्टाचारमुक्त सुशासन, सामाजिक न्याय र तीव्र आर्थिक विकास लगायतका प्रमुख मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरेर परिणाममुखी काम गर्नुपर्ने बताए । ‘प्रमुख मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरेर परिणाममुखी काम गरौं ! अनि मात्र पक्षप्रतिपक्षको प्रतिष्पर्धी राजनीति गरे हुन्छ !’ डा.भट्टराईले भने ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij