Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विमान दुर्घटना उद्धार कार्यमा राज्यले सम्पूर्ण शक्ति लगाओस् : पूर्वप्रधानमन्त्री डा.भट्टराई

विमान दुर्घटना उद्धार कार्यमा राज्यले सम्पूर्ण शक्ति लगाओस् : पूर्वप्रधानमन्त्री डा.भट्टराई

  • 438
    SHARES
  • विमान दुर्घटना उद्धार कार्यमा राज्यले सम्पूर्ण शक्ति लगाओस् : पूर्वप्रधानमन्त्री डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले विमान दुर्घटना उद्धारमा राज्यले सम्पूर्ण शक्ति लगाउन सुझाव दिएका छन् ।

    पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनापछि पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने,‘काठमाडौँबाट पोखराका लागि ६८ जना यात्रुसहित उडेको यति एयरको विमान दुर्घटनामा परेको खबरले स्तब्ध छु । यस त्रासदीपूर्ण घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्छु । उद्धार कार्यमा राज्यले सम्पूर्ण शक्ति लगाओस् ।’

    डा.भट्टराईले घटनाको सत्यतथ्यबारे निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij