Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दूरसञ्चारलाई सेवामुखी बनाउँदै आमजनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा

दूरसञ्चारलाई सेवामुखी बनाउँदै आमजनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा

  • 276
    SHARES
  • दूरसञ्चारलाई सेवामुखी बनाउँदै आमजनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल र इन्टरनेटमा सबै जनताको पहुँच हुनुपर्ने बताएकी छिन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले दूरसञ्चारलाई सेवामुखी बनाउँदै आमजनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएकी हुन् ।

    मन्त्री शर्माले सरकारले मोबाइल र इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्ने कार्य प्राथमिकतामा रहेको जानकारी दिइन् ।

    उनले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउने विषयमा पनि सरकारको उत्तिकै प्राथमिकता रहेको बताइन् । ‘प्राधिकरणले उपलब्ध राज्य स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ । प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमको व्यवस्था गर्न पनि आग्रह गर्न चाहन्छु,’ मन्त्री शर्माले भनिन् ।

    विश्वव्यापी रूपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताइन् ।

    दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्वोधन गर्नुपर्ने जानकारी दिइन् ।

    प्रविधिमा आएको विकासक्रमसँगै एआई, ब्लकचेन, आइओटी, फाइभ जी जस्ता नवीन प्रविधिहरूको विकास उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आएपनि विश्वव्यापी सूचकमा भने पछाडि रहेकाले विश्व मानचित्रमा दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्ने बेला आएको उनकाे भनाइ थियाे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij