Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

  • 305
    SHARES
  • धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

    काठमाडौं । धनकुटा-बन्चरे-ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोशी प्रदेश सरकारको ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ ।

    धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ ।

    वि.सं २०७७ असारमा दुई बर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौंलाई एक वर्षको म्याद थप गरिएको छ ।

    पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव-इन्जिनियर बद्री ढुंगानाले जानकारी दिए ।

    उनले भने, ‘कालोपत्र बाहेकको काम सकिने चरणमा छ । थपेको समय सीमाभित्र काम पूरा हुन्छ ।’

    हाललाई छथर जोरपाटी गाउँपालिका-४ ताम्लिङसम्म कालोपत्र गरिने उक्त सडक तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारसम्म जोड्ने योजना छ । सडक निर्माणपछि तेह्रथुम र धनकुटाको दक्षिणी भू-भागका नागरिकलाई सहज हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij