Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अनलाइन मिडियाले विश्वसनीय विषय वस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा

अनलाइन मिडियाले विश्वसनीय विषय वस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा

  • 461
    SHARES
  • अनलाइन मिडियाले विश्वसनीय विषय वस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषय वस्तु सम्प्रेषण गर्नुपर्ने बताएकी छिन ।

    ‘नारी नेपाल अनलाइन पत्रिका’को आज उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरूपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन ।

    मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् ।

    मन्त्री शर्माले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररूपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषय वस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिनुपर्ने बताइन् ।

    ‘अनलाइन मिडियाबीचमा पनि राम्रो गर्ने र नराम्रो गर्ने को हुन्, यो अनलाइनमा लेखेको कुराको विश्वास हुँदैन भनेर सबै अनलाइनलाई एउटै डालोमा हाल्दिने कुरा भइरहेको छ, जुन बेठीक छ’, मन्त्री शर्माले भनिन्, ‘त्यसैले सबै मिडियालाई नियमन गर्ने, कानुन बनाउने र तिनको प्रवर्द्धन गर्नुपर्छ । पछिल्लो समय अनलाइन मिडियाको जुन ढंगले विकास भइरहेको छ, यसमा राज्यले ध्यान दिन जरुरी छ । अनलाइन मिडिया सम्बन्धि कानुन बनाउने क्रममा छौँ ।’

    मन्त्री शर्माले अहिलेको समय बजेटका निम्ति नीति कार्यक्रम बनाउने भएकाले सञ्चार मन्त्रालय र आमसञ्चार क्षेत्रलाई महिलासँग जोडेर उपयुक्त नीति तथा कार्यक्रम बनाउने विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिइन् ।

    उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधिको विकास, पुहँचमा र महिला सहभागिता कसरी बढाउने भन्नेबारे नीतिगत सुधार जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।

    मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने बताइन् ।

    महिला सशक्तिकरणका साथै क्षमता भएर पनि अवसर नपाएका महिलाको वकालत गर्न मिडियाले भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij