Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्रीकाे शपथ आज

आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्रीकाे शपथ आज

  • 283
    SHARES
  • आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्रीकाे शपथ आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।

    आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउदलाई शपथ ग्रहण गराएर प्रधानमन्त्री प्रचण्डले आठौँ पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

    साउद कञ्चनपुरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । सत्ता गठबन्धनमा भागबन्डा गर्दा नेपाली कांग्रेसको भागमा अर्थसहित ८ मन्त्रालय परेपनि हालसम्म कांग्रेस चार जनालाई मात्र मन्त्री बनाएको छ ।

    प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन् लागेका साउद कांग्रेसबाट मन्त्री बन्ने पाँचौँ व्यक्त हुन् । उनको शपथ ग्रहण कार्यक्रम अपरान्ह ३ बजेका लागि तय भएको जनाइएको छ ।

    पहिलाे चरणमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकाे नेतृत्वमा कांग्रेसले चार जनालाई सरकारमा सहभागी गराएकाे थियाे ।

    जसमा खड्का उपप्रधान तथा रक्षा, डा.प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरूङ शहरी विकासमन्त्री बनेका थिए ।

    गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनी अब चाँडै भारत भ्रमणमा जान लागेकाले पनि परराष्ट्रमन्त्री नियुक्त गरेकाे स्राेतकाे दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij