Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा  तीन जनाको मृत्यु, दुई घाइते

मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा  तीन जनाको मृत्यु, दुई घाइते

  • 186
    SHARES
  • मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा  तीन जनाको मृत्यु, दुई घाइते

    मकवानपुर । मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मकवानपुरको मनहरि-३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्रयाक्टर चालक ३० वर्षीय वीरमान रूम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

    उनका अनुसार दुर्घटनामा मनहरी-३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij