वेबटिभी खबर
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बराबरीमा टुंगिएको छ ।
बिहिबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २-२ गोलको बराबरीमा आफनो खेल टुंग्याएका हुन् ।
लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औँ मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमा नै २-० को सफलता मिल्न पुगेको थियो । तर उसको सो सफलता भने लामो समयसम्म कायम रहन सकेन् ।
दोस्रो हाफको ५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २-१ को स्थीतिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाइ बराबरीमा ल्याइदिए ।
त्यसपछि कुनै टिमवाट गोल हुन नसक्दा अन्ततः खेल २-२ को बराबरीमा रोकिन पुग्यो ।
यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij