वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो नभएको बताएका छन ।
भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं-२ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सभामा उनले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्याउने बताएका हुन ।
सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको नेता कोइरालाको आरोप थियो । प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्याउँने उनको भनाइ थियो ।
राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने नेता कोइरालाले बताए । कार्यक्रममा कांग्रेसका बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवम् प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बाग्मती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कांग्रेस भक्तपुर क्षेत्र नं-२ का सभापति ओम श्रेष्ठलगायतले कांग्रेसले जनतासँग भिज्दै विकासको लहर ल्याउनुपर्ने तथा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij