Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महाधिवेशनले जुराएको निधि, सिंह र कोइरालाको भेट 

महाधिवेशनले जुराएको निधि, सिंह र कोइरालाको भेट 

  • 1.4K
    SHARES
  • महाधिवेशनले जुराएको निधि, सिंह र कोइरालाको भेट 

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवशेन नजिकिएसँगै सभापतिका आकांक्षीबीच भेटघाट बढेको छ । कांग्रेसका संस्थापक नेताहरू विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरू शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच सोमबार भेट भएको छ ।

    निधि निवास बानेश्वरमा नेता त्रयको भेट भएको हो । पार्टीको महाधिवेशनमा कोइराला, सिंह र निधि सभापतिको दावेदार हुन । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएका बेला कांग्रेस संस्थापक नेता पुत्रहरूको भेटलाई अर्थपूर्ण हेरिएको छ । 

    भेटमा सभापतिका आकांक्षी तीनै जनाले आफूलाई सहयोग गर्न एक अर्कासँग आग्रह गरेको स्रोतले जनाएको छ । तीनजना मध्ये निधि वर्तमान सभापति शेरबहादुर देउवा खेमाका हुन् । कोइराला र सिंह एउटै खेमामा छन् । तर, यी तीन नेताले आपसी समन्वय र सहकार्यमा सभापतिको उम्मेदवारी दिने बताउँदै आएका छन् । 

    उपसभापति समेत रहेका निधि देउवा खेमामा रहे पनि यसपटक उनीले सभापतिमा उम्मेदवारी दिने भएपछि देउवा शशंकित भएका छन् । निधिले संस्थापन इतर खेमासँग छलफल बढाएपछि देउवा थप दबावमा छन् । 

    हालसम्म देउवा बाहेक अरुले उम्मेदवारीको औपचारिक घोषणा गरिसकेका छैनन् । सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उम्मेदवारी दिने तयारीस्वरूप स्थानीय, प्रदेश र केन्द्रस्तरीय तहका नेताहरूसँग भेटघाट गरिरहेका छन् । 

    देउवाले आइतबार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए भने आज सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश नेतासँग छलफल गरे ।  

    पार्टी सभापति देउवाका गतिविधिप्रति असन्तुष्ट जनाउँदै आएका इतर पक्षका नेताहरू डा।शशांक कोइराला र प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेपछि कांग्रेसको भावि सभापतिका लागि आकांक्षीहरू स्वतः बढ्ने नै देखिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij