वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्रीले सोमबार जनपदतर्फका एसएसपीहरुको सरुवा गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयअनुसार वाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीलाई १ नं. प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ ।
त्यस्तै, श्यामलाल ज्ञवाली प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियार प्रहरी प्रदेश कार्यालय वीरगंज, जनकराज पाण्डेय प्रहरी प्रदेश कार्यालय कञ्चनपुर, गोविन्दकुमार साह प्रहरी प्रदेश कार्यालय धरान र कृष्णहरि शर्मा पोखरेल प्रहरी प्रदेश कार्यालय पोखरा सरुवा भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij