Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एसिया कप क्रिकेट : नेपालले पहिला ब्याटिङ गर्ने

एसिया कप क्रिकेट : नेपालले पहिला ब्याटिङ गर्ने

  • 191
    SHARES
  • एसिया कप क्रिकेट : नेपालले पहिला ब्याटिङ गर्ने

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

    श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ ।

    नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा छिमेकी टोली भारतसँग खेल्न २७ वर्ष कुनुपर्‍यो । १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो ।

    एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहे पनि विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुने छैन ।

    एसिया कपको यस खेलले समूह ‘ए’ को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ ।

    पाकिस्तान दुई खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अंक छ । एक खेल खेलेको नेपाल अंकविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

    नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दिप लामिछाने र ललितनारायण राजवंशी छन ।

    त्यस्तै भारतको प्लेइङ ११ मा कप्तान रोहित शर्मासहित शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, हार्दिक पान्ड्या, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij