Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले चिकित्सकको दुई वटा टोली खटायाे

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले चिकित्सकको दुई वटा टोली खटायाे

  • 299
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले चिकित्सकको दुई वटा टोली खटायाे

    काठमाडौं । भूकम्पमा परेर घाइते भएकाको उपचारका लागि सशस्त्र प्रहरी बलले चिकित्सकको टोली जाजरकोट र रुकुम पश्चिममा खटाएको छ ।

    शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरूको उपचारको लागि सशस्त्र प्रहरी बल नेपालबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमान्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालित भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    डा. पराजुलीको कमान्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरूको उपचार गरिरहेको छ भने डा. घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।  

    भूकम्पपछि नेपाल एपीएफ अस्पताल बलम्बुबाट डा. पराजुलीको कमान्डमा ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. घिमिरेको कमान्डमा ४ जना स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij