Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

  • 192
    SHARES
  • मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा धनुषा कमला नगरपालिका-८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका-१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

    उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका-१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन । सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिए ।

    आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २-०२-००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij