Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मनसुनमा हुनसक्ने सम्भावित विपद्को सामना गर्ने तयारीमा जुट्यो सशस्त्र प्रहरी

मनसुनमा हुनसक्ने सम्भावित विपद्को सामना गर्ने तयारीमा जुट्यो सशस्त्र प्रहरी

  • 113
    SHARES
  • मनसुनमा हुनसक्ने सम्भावित विपद्को सामना गर्ने तयारीमा जुट्यो सशस्त्र प्रहरी

    काठमाडौं । मनसुनमा आउन सक्ने विपद्का घटनामा उद्धारका लागि सशस्त्र प्रहरीले आज विपद् प्रतिकार्य अभ्यास सञ्चालन गरेको छ ।

    सशस्त्र प्रहरी बलको नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुले कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास (मनसुन–२) सञ्चालन गरेको हो ।

    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको अभ्यासमा गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालिन अपरेशन सेन्टरलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू तथा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

    विपद् प्रतिकार्य अभ्यासले सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक सामाग्रीहरू अद्यावधिक हुने गर्छ । साथसाथै सरोकारवाला निकायहरू बीच समन्वय कायम गरी एक आपसमा सीप आदानप्रदान गर्न र विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न मद्दत पुग्छ ।

    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरूबीच  सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बलले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद् जन्य घटनाहरूमा खोज तथा उद्धार कार्यलाई चुस्त, दुरुस्त र थप प्रभावकारी बनाउन समयसमयमा यस्ता अभ्यासहरूको आयोजना गर्दै आइरहेको बताए । 

    Apf-Avyas.jpg
    विपद् प्रतिकार्य अभ्यास गर्दै सशस्त्र प्रहरी टाेली

    कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले विपद् जोखिम न्यूनिकरण तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायहरूसँग बाहिनी तथा मातहत कार्यालयहरू सदैव समन्वय तथा सहकार्य गरी अगाडि बढेको उल्लेख गरे ।

    कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरूले स्थानीय स्रोतसाधनको प्रयोग गरी र्‍याफ्‌टिङ बोट, मोटर बोट लगायतको मद्दतले पीडितहरूको कसरी छिटो उद्धार गर्न सकिन्छ भन्ने अभ्यास गरेका थिए ।

    गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराइमा डुबेका पीडितहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास समेत गरेका थिए ।

    यसअघि गत फागुन हिजो सो बाहिनीको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा केबलकार आपतकालीन उद्धार अभ्यास समेत सञ्चालन गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij