Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

घर डुबेर भित्र फसेका चार जना सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार 

घर डुबेर भित्र फसेका चार जना सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार 

  • 128
    SHARES
  • घर डुबेर भित्र फसेका चार जना सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार 

    काठमाडौं । पानी पसेर घर डुबानमा परेर भित्रै फसेका एकै परिवारका चार जनालाई सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका चार जनाको उद्धार गरिएको हो । 

    गुल्मी जिल्ला घर भई पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ बर्षिया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर डुबान भएपछि भित्रै फसेका थिए । घर डुबानमा पसेर मानिस फसेको सूचना पाएपछि सशस्त्र प्रहरी बलको नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

    APF-Uddar.jpg

    बेपत्ता युवक मृत अवस्थामा भेटिए

    यसैगरी सोही महानगरपालिकाको सहेलापाटामा मन बहादुर थापाको जस्ताले छाएको एक तले कच्ची घर पहिरोले पुरिँदा निजको छोरा २२ वर्षीय भीमबहादुर थापा बेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा आज बिहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij