वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीले सुरु गर्न लागेको ‘जनतासँग जसपा नेपाल’ आधारभूत संगठन निर्माण अभियान राजनीतिक र सांगठनिक अभियान भएको बताएका छन् ।
बस्नेतले पार्टीको एकता महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र केन्द्रीय समितिको बैठकले गरेका राजनीतिक निर्णयहरु लिएर जनतामाझ जान लागिएको बताएका हुन् ।
पार्टीले गरेका निर्णयहरुलाई जनताबाट अनुमोदन गराउने र जसपा नेपाललाई जगैदेखि बलियो पार्टीको रुपमा स्थापित गराउने लक्ष्य लिएर अभियान थालिएको उनले बताए ।
‘राजनीतिक रुपमा वैकल्पिक र सांगठनिक रुपमा सशक्त पार्टी निर्माणका लागि अभियान सुरु गरिएको छ । यो राजनीतिक र सांगठनिक अभियान हो,’बस्नेतले भने । जसपा नेपालले भदौ ९ गते काठमाडौंबाट चार महिने संगठन निर्माण अभियानको उद्घाटन गर्न लागेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij