Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पुस्तकालय खोल्ने काम सजिलो होइन : महामन्त्री थापा

पुस्तकालय खोल्ने काम सजिलो होइन : महामन्त्री थापा

  • 141
    SHARES
  • पुस्तकालय खोल्ने काम सजिलो होइन : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तकालय खोल्ने काम सजिलो नभएको बताएका छन् ।

    शनिबार गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ को लोकार्पण गर्दै थापाले पुस्तकालय बनाउने कुरामा कति धेरै गाह्रो हुन्छ भन्ने कुरा पार्टी कार्यालयमा बनेपछि मात्र महशुस गर्न पाएको बताएका हुन् ।

    महामन्त्री थापाले भने, ‘गोदावरीको ठाउँमा पुस्तकालय खोल्ने कुरा सम्भव किन भएको हो भने यो ललितपुरमै सबैभन्दा बढी लेखपढ गरेका र शिक्षित मानिसहरु बसेको ठाउँ हो  भनेर भन्ने गरिन्छ । यस्तो पृष्ठभूमि नभएको भए यहाँका अग्रजहरुले त्यस्तो वातावरण नबनाइदिएको भए, चिन्तन नगरेको  भए यस्तो नतिजा आउने थिएन् । पुस्तकालय खोल्ने सजिलो काम होइन । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा भर्खर हामीले पुस्तकालय निर्माण गर्ने काम सम्पन्न गरेका छौं । अझै केही कामहरु बाँकी रहेका छन् । पुस्तकालय बनाउन कति गाह्रो हुँदोरहेछ भन्ने कुरा मैले बल्ल महसुश गर्न पाएको छु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij