वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय भेलाले शान्तिपूर्ण, बलियो र जनपक्षिय विकास गर्न पार्टीलाई दिशा निर्देश गर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय भेलाको दोस्रो दिनआफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै उनले करिब दुइ वर्षे यात्राको गहन समिक्षा सहित राजनीतिक र सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन गर्ने उद्देश्यका साथ राष्ट्रिय भेलाआयोजना गरेको बताएका हुन् । सोहीअवसरमा उनले पार्टीलाई आजको अवस्थामा पुर्याएका सबैलाई धन्यवाद पनि दिएका छन् ।
सभापति लामिछानेले भने, ‘करिब दुइ वर्षे यात्राको गहन समिक्षा सहित राजनीतिक र सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन र परिष्कृत गर्ने उद्देश्यका साथयो राष्ट्रिय भेलामा उपस्थित भएका छौ । रास्वपा मार्फत नेपाली राजनीतिक इतिहासमा पहिला कहिले नभएको सचेत शान्तिपूर्ण र परिवर्तनलाई बलियो र जनपक्षिय बनाउन तथा पार्टीलाई जनस्तरमा थप विस्तार सुदृढ बनाउन यो भेलाले स्पष्ट दिशानिर्देश गर्नुपर्ने भएकाले विना पूर्वाग्रह छलफल गर्न आग्रह गर्दछु ।’
यसको साथै, उनले रास्वपाको संसदीय उपस्थिती राजनीतिक अभ्यासको फरक पृष्ठ भूमिमा स्थापित निलो क्रान्ति भएको भन्दै पुराना राजनीतिक दलहरु प्रतिको वितृष्णाका कारण सम्भव भएको बताए ।
सभापति लामिछानेले भने, ‘हाम्रो संसदीय उपस्थिति राजनीतिक अभ्यासको फरक पृष्ठभूमिमा स्थापित निलो क्रान्ति थियो । केहीहदसम्म पुराना राजनीतिकदलहरु प्रतिको वितृष्णार धेरै हदसम्म नयाँदल प्रतिको आकर्षणका कारण सम्भव भएको थियो । व्यवस्था होईन, अवस्था परिवर्तनको नारा एंव शुसाशनको पक्ष र भ्रष्टाचार विरुद्धको हाम्रो एजेण्डालाई मतदाताले अनुमोदन गरेका थिए ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij