Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिक्षा ऐन निर्माणको तयारी : सभामुख घिमिरे

शिक्षा ऐन निर्माणको तयारी : सभामुख घिमिरे

  • 108
    SHARES
  • शिक्षा ऐन निर्माणको तयारी : सभामुख घिमिरे

    झापा । सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक पास गरेर ऐन निर्माणको तयारी भइरहेको बताए ।

    आज विर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ  साधारणसभालाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको र सोही अनुसार मेहनत गर्न शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्णलाई आग्रह गरे ।

    ‘विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्’, उनले भने, ‘सोहीअनुसार व्यवस्थापन गर्न सक्नुपर्छ ।’

    क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij