वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न बैठक डाकेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।
सोमबार बिहान बालुवाटारमा नै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो । सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन विषयमा मस्यौदा तयार गरेको थियो ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij