Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

माप्य दुधकोशीमा भीषण आगलागी

माप्य दुधकोशीमा भीषण आगलागी

  • 56
    SHARES
  • माप्य दुधकोशीमा भीषण आगलागी

    काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-केन्द्र खास्तापमा आगलागी हुँदा घर, पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन् । गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गत मंसिर ६ गते राति आगलागी भएको हो ।

    आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ ।

    माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो भौतिक क्षति भएको बताउनुभएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे थप जानकारी आउन बाँकी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij