वेबटिभी खबर
काठमाडौं । विपद्का कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ । प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुख्खा पहिरो खसेपछि जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोती-मान्बु जाने पुल बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ ।
प्रहरीका अनुसार उक्त पुल गत असोज २५ गतेदेखि अवरुद्ध भएको हो । दुवै स्थानमा सवारी तथा आवागमनको अवस्था हेरेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij