Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

  • फाल्गुण १७, २०७७ सोमवार ११:३६ बजे
  • 1.0K
    SHARES
  • म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

    याङगुन । म्यान्मारमा सैन्य कु विरुद्ध विरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा आइतबार १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयले सेनाविरुद्ध भइरहेको विरोध प्रदर्शनको सबैभन्दा घातक दिन भएको बताएको छ । 

    म्यान्मारका याङगुन, डावेइ, मान्डलेलगायतका मुख्य सहरमा प्रदर्शनलाई दबाउन प्रहरीले गोली र अश्रु ग्यासको प्रयोग गरेको थियो । गत फेबु्रअरी १ मा भएको सैन्य विद्रोहपछि भइरहेको शान्तिपूर्ण विरोध प्रदर्शनमा शनिबारदेखि सुरक्षाबलले बल प्रयोग गर्न सुरु गरेको छ । 

    आइतबार सैनिक शासकले सत्ताविद्रोह विरुद्ध बोलेको आरोपमा संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूतलाई निष्काशन गरेको छ । 

    द असिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्सका अनुसार हालसम्म सुरक्षाबलले ८५० जनालाई पक्राउ गरेको छ । प्रदर्शनमा सबै उमेर समूह, पेशा, व्यवसायका मानिस सहभागी भएका छन् । उनीहरुले सेनालाई सत्ता छोड्न र नेतृ आङ सान सुकीको रिहा गर्न माग गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij