Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

म्यान्मारः कू पछि पहिलोपटक देखिइन् आङ सान सुकी

म्यान्मारः कू पछि पहिलोपटक देखिइन् आङ सान सुकी

  • फाल्गुण १७, २०७७ सोमवार १३:४५ बजे
  • 920
    SHARES
  • म्यान्मारः कू पछि पहिलोपटक देखिइन् आङ सान सुकी

    याङगुन । म्यान्मारमा सैन्य कू भएको भए एक महिना पछि त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी पहिलोपटक देखिएकी छन् । उनी सोमबार भिडियो लिंकमार्फत राजधानी न्यापिडको एक अदालतमा उपस्थित भएकी हुन् । अदालतमा उपस्थित हुँदा उनको स्वास्थ्य राम्रो देखिएको बिबिसीले उल्लेख गरेको छ । 

    फेबु्रअरी १ मा म्यान्मारको सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सुकीसहितका नेताहरुलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेको छ । त्यसयता सुकीलाई अज्ञात स्थानमा राखिएको छ ।

    सुकीविरुद्ध सेनाले विनाअनुमति सञ्चार सेट वाकीटकी आयात गरेको, कोरोना भाइरससम्बन्धी लागू गरिएका मापदण्डको पालना नगरेको, प्राकृतिक प्रकोप कानूनको उल्लंघन गरेको लगायतका आरोप लगाएको छ । यी आरोपमा दोषी ठहर भए तीन वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था छ, यो मुद्दा मार्च १५ सम्म फैसला भइसक्नेछ । 

    उनीलगायतका नेताको रिहाइको माग गर्दै म्यान्मारभरी आन्दोलन भइरहेको छ । आन्दोलन दबाउन प्रहरीले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु भएको छ । सयौंलाई पक्राउ गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij