Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

म्यान्मारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारको गम्भीर मुद्दा दर्ता 

म्यान्मारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारको गम्भीर मुद्दा दर्ता 

  • 101
    SHARES
  • म्यान्मारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारको गम्भीर मुद्दा दर्ता 

    न्यापिटअ । म्यान्मारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सुकीविरुद्ध अदालतमा अहिलेसम्मकै सबैभन्दा गम्भीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    सुकीलाई घुसको रुपमा नगद र सुन लिएको आरोप लागेको छ । यस मुद्दामा सुकी दोषी ठहर भए १५ वर्षसम्म जेल सजाय हुन सक्छ । यसबाहेक उनलाई अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएकोसम्बन्धी छ वटा मुद्दा दर्ता छन् ।

    फेबु्रअरी १ मा सत्ता कब्जा गरेपछि पूर्व स्टेट काउन्सिल सुकीलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसयता नजरबन्दमा रहेकी सुकी कहिलेकाँही अदालतमा उपस्थित हुनुबाहेक सार्वजनिक रुपमा कतै उपस्थित छैनन् ।

    सैन्य काउन्सिलको तर्फबाट बिहीबारजारी गरिएको प्रेस विज्ञप्तिमा सुकीले छ लाख डलर र सात वटा सुनका टुक्रा घुस लिएको जनाइएको छ । साथै नेसनल लिग फर डेमोक्रेसीको सरकारले भूमि सम्झौतामा धेरै पैसा खर्च गरेको आरोप छ । सुकीको साथसाथै थुप्रै पूर्वअधिकारीविरुद्ध भ्रष्टाचार र घुसखोरीका मुद्दा पनि दर्ता गरिएको छ । 

    म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology